पाणिनि बहुमुखी क्याम्पसको संक्षिप्त परिचय

क्याम्पस परिचयः
            अर्घाखाँची जिल्लाको उच्च शिक्षाको विकासमा विगत दुई दशक देखि जिल्लामै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस पाणिनि बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्बाट समेत सम्बन्धन प्राप्त गरी विभिन्न तह र संकायका कक्षाहरु सञ्चालन हुँदै आइरहेका छन् । यस क्याम्पसमा हाल व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकाय तर्का विषयहरुमा उच्च माध्यमिक तहदेखि स्नातक तहसम्म र  शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गर्दछ ।
पश्चिमाञ्चलको प्रथम सामुदायिक क्याम्पसः
विश्वविद्यालय अनुदान आयोगद्वारा Scheme B अन्तर्गत क्षेत्रीय प्रतिष्पर्धाका आधारमा पश्चिमाञ्चलकै उत्कृष्ट क्याम्पसको रुपमा परिचित भएको छ ।

क्याम्पस प्रमुखको कलमबाट

वि.सं. २०४५ सालमा जनस्तरबाट स्थापित यस पाणिनि बहुमुखी क्याम्पसबाट हालसम्म मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फबाट हजारौंको संख्यामा विद्यार्थीहरुले स्नातकोपाधि (Graduation) प्राप्त गरिसकेका छन् । दक्ष तथा दीर्घानुभवी प्राध्यापकहरु, मेहनती तथा लगनशील विद्यार्थीहरु, कुशल व्यवस्थापन र उत्कृष्ट शैक्षिक गतिविधिको परिणाम स्वरुप विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित Scheme B अनुसार पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा छनौट हुन सफल यस क्याम्पसलाई यस अवस्थासम्म पुरे्याउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिक दल लगायत यस क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी वर्गमा हार्दिक धन्यवाद सहित यस क्याम्पसको उत्तरोत्तर प्रगतिका लागि यहाहरु सबैबाट निरन्तर प्रतिवद्धता र सहयोगको अपेक्षा गर्दछु ।
ज्ञानबहादुर क्षेत्री
क्याम्पस प्रमुख