वि.सं. २०४५ सालमा जनस्तरबाट स्थापित यस पाणिनि बहुमुखी क्याम्पसबाट हालसम्म मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फबाट हजारौंको संख्यामा विद्यार्थीहरुले स्नातकोपाधि (Graduation) प्राप्त गरिसकेका छन् । दक्ष तथा दीर्घानुभवी प्राध्यापकहरु, मेहनती तथा लगनशील विद्यार्थीहरु, कुशल व्यवस्थापन र उत्कृष्ट शैक्षिक गतिविधिको परिणाम स्वरुप विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित Scheme B अनुसार पश्चिमाञ्चल विकास क्षेत्रकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा छनौट हुन सफल यस क्याम्पसलाई यस अवस्थासम्म पुरे्याउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिक दल लगायत यस क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी वर्गमा हार्दिक धन्यवाद सहित यस क्याम्पसको उत्तरोत्तर प्रगतिका लागि यहा“हरु सबैबाट निरन्तर प्रतिवद्धता र सहयोगको अपेक्षा गर्दछु ।
ज्ञानबहादुर क्षेत्री
क्याम्पस प्रमुख







0 comments:
Post a Comment