पाणिनि बहुमुखी क्याम्पसको संक्षिप्त परिचय

क्याम्पस परिचयः
            अर्घाखाँची जिल्लाको उच्च शिक्षाको विकासमा विगत दुई दशक देखि जिल्लामै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस पाणिनि बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्बाट समेत सम्बन्धन प्राप्त गरी विभिन्न तह र संकायका कक्षाहरु सञ्चालन हुँदै आइरहेका छन् । यस क्याम्पसमा हाल व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकाय तर्का विषयहरुमा उच्च माध्यमिक तहदेखि स्नातक तहसम्म र  शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गर्दछ ।
पश्चिमाञ्चलको प्रथम सामुदायिक क्याम्पसः
विश्वविद्यालय अनुदान आयोगद्वारा Scheme B अन्तर्गत क्षेत्रीय प्रतिष्पर्धाका आधारमा पश्चिमाञ्चलकै उत्कृष्ट क्याम्पसको रुपमा परिचित भएको छ ।
सञ्चालित कार्यक्रमहरुः
यस क्याम्पसमा हालसम्म सञ्चालन हुँदै आइरहेका कार्यक्रमहरु यस प्रकार छन् ।
क) त्रि.वि. अन्तरर्गतका कार्यक्रमहरुः
  • ३ वर्षे स्नातक तह मानविकी तथा समाजशास्त्र संकाय (B.A.)
  • ३ वर्षे स्नातक तह व्यवस्थापन संकाय (B.B.S.)
  • ३ वर्षे स्नातक तह शिक्षा शास्त्र संकाय (B.Ed.)
  • २ वर्षे स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय (M.Ed. in EPM & Health)
ख) उ.मा.शि.प. अन्तरर्गतका कार्यक्रमहरुः
  • उच्च माध्यमिक तह शिक्षा समूह (कक्षा ११ र कक्षा १२)
  • उच्च माध्यमिक तह व्यवस्थापन समूह (कक्षा ११ र कक्षा १२)
  • उच्च माध्यमिक तह मानविकी समूह (कक्षा ११ र कक्षा १२)
  • उच्च माध्यमिक तह विशेष कार्यक्रम (कक्षा १२)
कक्षा सञ्चालन हुने समयः
            विद्यार्थीहरुको सुविधालाई मध्यनजर गर्दै यस क्याम्पसले विहानी, दिवा र सन्ध्याकालीन गरी तीनवटै समयमा कक्षा सञ्चालनको व्यवस्था उपलब्ध गराउँदै आएको छ ।
क) विहान सञ्चालन हुने कार्यक्रमहरुः
  • उच्च माध्यमिक तह व्यवस्थापन समूह (कक्षा ११ र कक्षा १२)
  • ३ वर्षे स्नातक तह मानविकी तथा समाजशास्त्र संकाय (B.A.)
  • ३ वर्षे स्नातक तह व्यवस्थापन संकाय (B.B.S.)
  • ३ वर्षे स्नातक तह शिक्षा शास्त्र संकाय (B.Ed.)
ख) दिउसो सञ्चालन हुने कार्यक्रमहरुः
  • उच्च माध्यमिक तह शिक्षाशास्त्र समूह (कक्षा ११ र कक्षा १२)
  • उच्च माध्यमिक तह व्यवस्थापन समूह (कक्षा ११ र कक्षा १२)
  • उच्च माध्यमिक तह मानविकी समूह (कक्षा ११ र कक्षा १२)
ग) साझ सञ्चालन हुने कार्यक्रमहरुः
  • उच्च माध्यमिक तह विशेष कार्यक्रम (कक्षा १२)
  • स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय (M.Ed. in EPM & Health)
अध्ययन अध्यापन गरिने विषयहरुः
            यस क्याम्पसको विभिन्न संकाय र तहमा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरुका लागि अनिवार्य विषयहरु बाहेक निम्नअनुसारका ऐच्छिक विषयहरु छनोट गरी अध्ययन गर्ने सुविधा उपलब्ध छ ।
उच्च माध्यमिक तह मानविकी समूह (कक्षा ११ र कक्षा १२)
English/Nepali/Mathematics/ Economics/Political Science
उच्च माध्यमिक तह शिक्षा समूह (कक्षा ११ र कक्षा १२)
Opt. English/Nepali/Mathematics/ Economics/Physical Science/Introduction to Education/ Education Pedagogy/Child Development and Learning/ Instructional Evaluation/ Practicum/ Health & Physical Education
उच्च माध्यमिक तह व्यवस्थापन समूह (कक्षा ११ र कक्षा १२)
Opt. Economics/Account/Business Studies/ Marketing/Business Mathematics
उच्च माध्यमिक तह विशेष कार्यक्रम (कक्षा १२)
Opt. English/Nepali/Mathematics/ Economics/Health & Physical Education
स्नातक तह मानविकी तथा समाजशास्त्र संकाय (B.A.)
Major English/Nepali/Economics/ Mathematics/Political Science
स्नातक तह शिक्षा शास्त्र संकाय (B.Ed.)
Specialization and Elective English/ Nepali/Economics/Mathematics/Health & Physical Education/Population Education
स्नातक तह व्यवस्थापन संकाय  (B.B.S.)
Management
स्नातकोत्तर तह शिक्षा शास्त्र संकाय (M.Ed.)
Education Planning and Management (EPM)/ Health Education
  शैक्षिक कार्य तालिका (२०६८/०६९)
यस क्याम्पसको शैक्षिक सत्र २०६८/०६९ को शैक्षिक कार्यतालिका यस प्रकार छ ।
  • रजिष्ट्रेशन आवेदन फारम र परीक्षा फारम भर्ने समय त्रि.वि./उ.मा.वि.द्वारा तोकिए बमोजिम हुनेछ ।
  • प्रत्येक कक्षाको अन्तिम÷वार्षिक परीक्षा त्रि.वि./उ.मा.वि.द्वारा तोकिए अनुसार हुनेछ ।
  • उच्च माध्यमिक तह कक्षा ११ र कक्षा १२ को Pre-board Exam  फागुनको अन्तिम चैत्र पहिलो हप्तासम्म सञ्चालन हुनेछ ।
  • शैक्षिक सत्रको अन्तिमतिर स्नातक तहको आन्तरिक परीक्षा सञ्चालन हुनेछ ।
  • कक्षा १२ शिक्षा शास्त्र संकायको अभ्यास शिक्षण कार्यक्रम माघको दोस्रो हप्तादेखि शुरु हुनेछ ।
  • B.Ed. III year     M.Ed. III year     को अभ्यास शिक्षण कार्यक्रम परीक्षा सकिएको लगत्तै शुरु हुनेछ ।
७. सुविधाहरुः
  • तल्लो तहमा सर्वोत्कृष्ट अंक ल्याई एकै पटक परीक्षा उत्तीर्ण गरेका प्रत्येक कक्षाका एक/एक जना विद्यार्थीहरुलाई मासिक शुल्कको १०० प्रतिशत रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने ।
  • जेहेन्दार, गरीब, दलित, जनजाति, अपाड्ड तथा महिला र सहिद परिवार छात्रवृत्तिको व्यवस्था ।
  • तल्लो तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरी भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई प्रथम वर्षको मासिक शुल्कको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने ।
  • प्रत्येक वर्ष कक्षाको अन्तिम परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण गर्ने प्रत्येक कक्षाका एक÷एक जना विद्यार्थीलाई माथिल्लो कक्षाको मासिक शुल्कको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने ।
  • प्रत्येक तहको प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक÷एक जना विद्यार्थीलाई प्रथम वर्षको मासिक शुल्कको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने ।
  • उच्च माध्यमिक तह र स्नातक तह प्रथम वर्षमा भर्ना भएका कमजोर विद्यार्थीहरुलाई अनिवार्य अंग्रेजी विषयको निःशुल्क आतिरिक्त कक्षाको व्यवस्था ।
  • प्रयोगात्मक विषयहरुका लागि आवश्यक टी.टी., भलिवल, व्याडमिन्टन, बास्केटबल आदिका साथै Over Head Project  को समेत व्यवस्था ।
  • एस.एल.सी. पुरक परीक्षामा सम्मिलित विद्यार्थीहरु विशेष अनुमति लिई कक्षा ११ मा बस्न पाउने र उक्त परीक्षा उत्तीर्ण गरी सकेपछि मात्र भर्ना भई अध्ययन गर्न पाउने व्यवस्था ।
  • कम्प्युटर कक्षाको व्यवस्था ।
८. हाम्रा विशेषताहरुः
  • दक्ष अनुभवी र विषयगत विशिष्ट प्राध्यापकहरुबाट अध्यापन गरिने ।
  • उपयुक्त शैक्षिक वातावरण ।
  • उचित कक्षा कोठा र फर्निचरको व्यवस्था ।
  • खानेपानी, शौंचालय, चमेनागृह, प्राथमिक उपचार, खेलकूदको व्यवस्था ।
  • सह तथा अतिरिक्त क्रियाकलापको व्यवस्था ।
  • आन्तरिक ल्याकत परीक्षाको व्यवस्था ।
  • कमजोर विद्यार्थीहरुका लागि निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था ।
  • विशेष महिला छात्रवृत्तिको व्यवस्था ।
  • छात्रवृत्ति वितरण (त्रि.वि. अनुसार) ।

0 comments:

Post a Comment