२८ भदौ, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बुधबार प्रकाशित नजितामा ४५ दशमलव ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परिषद्का प्रवत्ता नारायण कोइरालाका अनुसार यो गत वर्षको भन्दा ४ दशमलव ५६ प्रतिशतले बढी हो । नियमिततर्फ १ लाख ७ हजार ४ सय २५ परीक्षार्थी उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ ५० हजार ४ सय ८२ जना पास भएका छन् ।
परीक्षामा नियमिततर्फ २ लाख ३६ हजार ३ सय ३२ तथा एक्जाम्टेडतर्फ १ लाख १२ हजार ६ सय ५९ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको परीक्षाफल परिषद्को बेभसाइट www.hseb.edu.np मा हेर्न सकिनेछ ।







0 comments:
Post a Comment